Logo

कुवेतसँग नेपाल पराजित, मैदानमै ढले प्रशिक्षक अलमुताईरी

ई-खेलकुद २०७९ जेठ २९ , आईतबार १२:०६ मा प्रकाशित

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार भोगेको छ । शनिबार राती भएको खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जिताउन युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले सान्त्वना गोल फर्काए । पहिलो हाफमा एक शुन्यले पछि परेको नेपालले दोस्रो हाफमा ३ गोल खाँदै १ गोल फर्काएको थियो । एसियन छनोटमा नेपाल अंकबिहिन रहँदा आयोजक कुवेतले भने पहिलो अंक हात पारेको छ । पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग तथा कुवेत ईन्डोनेसीयासँग पराजित भएका थिए । नेपालले छनोटचरणको अन्तिम खेल मंगलबार इन्डोनेसियासँग खेल्नेछ ।
मैदानमै ढले प्रशिक्षक अलमुताईरी
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी मैदानमै ढलेपछि थप उपचारका लागि अस्पाताल लगिएको छ । कुवेतसँगको खेलका दौरान दोस्रो हाफमै अचेत भएर टेक्निकल एरियामा ढलेका उनलाई प्राथमिक उपचारपछि अस्पाताल लगिएको हो । उनलाई अक्सिजन दिएर राखिएको छ । जन्म मुलुक कुवेत र कर्म मुलुक नेपालबीचको खेलका दौरान उनको स्वास्थ्यमा समस्या आएको हो । मुख्य प्रशिक्षक अलमुताईरी मुटुका बिरामी हुन् । उनमा यसअघि पनि यो समस्या देखिएको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?