Logo

कुवेतविरुद्व नेपालको जित, सेमिफाइनल संभावना बलियो

ई-खेलकुद २०७९ असार ४ , शनिबार ०३:०६ मा प्रकाशित

काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको हो । योसँगै नेपालको सेमिफाइनल प्रवेबशको संभावना बलियो बनेको छ । नेपालले दिएको १ सय ८ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले निर्धारित ओभरमा ७ विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो । प्रियदा मुरलीले सर्बाधिक ३१ रन बनाएको कुवेतको ईनिङसमा कप्तान अम्ना सरिफले १४ र मारियामा हैदर १६ रनमा अबिजित रहिन् । अन्यले उल्लेख्य ब्याटिङ गर्न सकेनन् । नेपालकी सीता राना मगरले २ तथा ईन्दु बर्मा, संगीता राई र अस्मिना कर्माचार्यले समान १ विकेट लिईन् । कुवेतका २ ब्याटर रनआउट भएका थिए ।
यसअघि मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाएर १ सय ७ रनको सामान्य योगफल तयार पारेको थियो । नेपालको जितमा कप्तान रुबिना क्षेत्रीले अविजित ३४ र इन्दु बर्माले २८ रनको योगदान गरिन् । ज्योति पाण्डेले १५ तथा बिन्दु रावलले ११ रन जोडिन् । कुवेतकी मारिमा हेदरले २ तथा मार्यम ओमार र खादिजा खालिलले समान १ विकेट लिईन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?