
काठमाण्डौ । विश्वकप छनोट फुटबल अन्तर्गत नेपालले अहिले कुवेतसंग प्रतिस्पर्धा गरिरहेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा खेलको पहिलो हाफ सकिदा नेपाल १–० ले पछि परेको छ ।
खेलको २८ औं मिनेटमा कुवेतका कप्तान बदर अल मतवाले उत्कृष्ट गोल गर्दै कुवेतलाई अग्रता दिलाएका हुन् । पहिलो हाफको ४१ औ मिनेटमा नेपालले निक्कै राम्रो अवसर पाएपनि कुवेती गोलरक्षकले त्यसलाई विफल पारेका थिए ।
नेपालले घरेलु मैदानमा गर्न नसकेपछि होम खेलका रुपमा भुटानमा कुवेतसंग प्रतिस्पर्धा गर्नु परेको हो । यसअघि अवे खेलमा नेपाल ७–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
