
काठमाण्डौ । विश्वकप छनोट फुटबल अन्तर्गत कुवेतविरुद्धको खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले मंसीर ३ गते हुने खेलका लागि नेपाली टोलीको घोषणा गरेको हो ।
होम गेमका रुपमा रहेको खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुनेछ । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टोलीमा विकेश कुथु, विशाल श्रेष्ठ, सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ र रजिन धिमाल रहेका छन् । त्यस्तै सुमन अर्याल, रोहित चन्द, सुनिल बल, रवी पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङले पनि टोलीमा स्थान बनाएका छन् । टोलीका अन्य सदस्यहरुमा भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल र नवयुग श्रेष्ठ रहेका छन् ।
दशरथ रंगशालाको पुर्ननिर्माण नसकिएपछि नेपालले भुटानमा कुवेतसंगको खेल खेल्न लागेको हो । नेपालले ४ खेलबाट ३ अंक जोडेको छ ।
