Logo

कुवेतमा रहेका सबै खेलाडीको पिसीआर रिर्पोट नेगेटिभ

ई-खेलकुद २०७८ जेठ १७ , सोमबार ०४:०५ मा प्रकाशित

काठमाण्डौ । विश्वकप र एसीयन कप छनोटको अन्तिम ३ खेल खेल्न कुवेत पुगेको राष्ट्रिय फुटबल टोलीका सबै खेलाडी र व्यवस्थापकको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको छ । ईराकबाट गएराती कुवेत पुगेको टोलीको आज बिहान कोरोना परिक्षण गरिएको थियो ।
टोलीमा रहेका खेलाडी सहित अन्य सबैको स्वाव परिक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको टोलीसंगै रहेका पत्रकार हिमबिक्रम केसीले जानकारी दिए ।
शनिबार बासरामा भएको मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित भएको थियो । छनोट अन्तर्गत समूह बी मा रहेको नेपालले बाँकी ३ खेल कुवेतमा खेल्नेछ । नेपालले जेठ २० गते चाइनिज ताईपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।नेपालको सबै खेल नेपाली समय अनुसार राती पौने १० बजे सुरु हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?