
काठमाण्डौ । घरेलु मैदानमा किर्तिमानी ५१ स्वर्ण पदकसहित नेपालले दक्षिण एसियाली खेलकुद दोस्रो स्थानमा रहेर टुङग्याएको छ । आठौ सागमा जितेको ३१ स्वर्णभन्दा २० बढि स्वर्ण जित्दै नेपालले घरेलु मैदानमा ऐतिहासिक सफलता हात पारेको हो । ३ सय १७ स्वर्णका लागि भएको स्पर्धामा नेपालले ५९ रजत र ९४ कास्यसहित कुल २ सय ४ पदक हात पार्यो ।
शीर्ष स्थानमा रहेको भारतले १ सय ७२ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित ३ सय ८ पदक प्राप्त गर्यो । नेपालपछि रहेको श्रीलंकाले ४० स्वर्ण ८२ रजत र १ सय २८ कास्य जित्यो । पाकिस्तानले ३१ स्वर्ण ४१ रजत र ५९ कास्य जित्दा बंगलादेशले १९ स्वर्ण ३२ रजत र ८७ कास्य आफ्नो नाममा लेखायो ।
नेपाली भुमीमा माल्दिभ्सले पहिलो स्वर्ण जित्दा ३ कास्यमा पनि उसले कब्जा जमायो । त्यस्तै स्वर्णबिहिन रहेको भुटानले ७ रजत र १३ कास्य सहित २० पदक जित्यो ।
