Logo

किर्तिमानी उपाधि जित्ने रियलको सपना अधुरै, बार्साको सुखद अन्त्य

ई-खेलकुद २०७८ जेठ ९ , आईतबार ०८:०५ मा प्रकाशित

एजेन्सी । स्पेनिस ला लिगाको उपाधि जित्ने रियल मड्रिडको सपना यो सिजन अधुरै रहेको छ । अन्तिम खेलमा रियल भिल्लारियललाई २–१ ले हराएपनि एट्लेटिको मड्रिडले रियल भल्लाडोलिडलाई हराउदै उपाधि हात पारेको हो । अन्तिम खेलमा जित निकाले पनि रियल मड्रिडको ३५ औ उपाधि जित्ने सम्भावना अधुरै रहेको हो ।
खेलमा भिल्लारियलले यारेमी पिनोको गोलबाट २० औं मिनेटमा अग्रता लिएको थियो । ८७ औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई बराबरीमा पुर्याए । इन्जुरी समयमा लुका मोडरिचले गोल गर्दै रियललाई २–१ को जित दिलाए । यो जितसंगै रियलले ८४ अङ्कसहित लिगको दोस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।


ला लिगाको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले आईबरमाथी १–० को जित निकाल्दै सिजनको अन्त्य गरेको छ । नियमित कप्तान लियोनल मेस्सी बिनै मैदान उत्रिएको बार्साको जितमा एन्टोनियो ग्रिजम्यानले ८१ औ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसंगै बार्साले लिगको तेस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । जारी सिजनको लिगमा बार्साले ७९ अङ्क जोडेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?