
काठमाण्डौ । किर्गीस्तान लगातार दोस्रो जित निकाल्दै एभीसी सेन्ट्रल जोन भलिवल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । समुह ए अन्तर्गतको खेलमा माल्दिभ्सलाई सोझो सेटले हराउदै किर्गीस्तान समुह बिजेताको रुपमा अन्तिम चारमा प्रबेश गरेको हो ।
ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मीको कभर्डहलमा माल्दिभ्सको चुनौती ३–० ले समाप्त पार्दै किर्गीस्थानले समुहचरणमा शत प्रतिशत नतिजा हात पारेको हो ।
पहिलो सेटमा २५–१५ को जित निकालेको किर्गीस्तानले दोस्रो सेटमा २६–२४ को संर्घषपुर्ण जित हात पारेको थियो । तेस्रो सेटमा २५–१९ को जित निकाल्दै किर्गीस्तान विजयी बनेको हो । समुह ए बाट सेमिफाइनल पुग्ने खर्को टोलीको टुंगो भोलीको खेलपछि मात्र लाग्नेछ ।
भोलीको खेलमा माल्दिभ्सलाई हराउन सके नेपाल समुह उपविजेताका रुपमा अन्तिम चारमा प्रबेग गर्नेछ । हारले माल्दिभ्सको भाग्य खेल्नेछ । नेपाल, आफ्नो पहिलो खेलमा किर्गीस्तानसंग सोझो सेटले पराजित भएको थियो ।
