
काठमाण्डौ । डिफेण्डिङ च्यामिपयन किर्गीस्तान एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा हराउदै किर्गीस्तानले फाइनलमा स्थान बनाएको हो ।
ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कभर्डहलमा तुर्कमेनिस्तानलाई २५–१७, २५–१८ र २५–२२ को सेटमा हराउदै किर्गीस्तानले फाइनलमा स्थान सुरक्षित गरेको हो । उसले उपाधिका लागि उज्वेकिस्तान र माल्दिभ्सबीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल पनि आजै हुनेछ ।
सुरुवाती दुबै खेलमा पराजित भएको नेपालले भोली पाँचौ स्थानका लागि अफगानिस्तानसंग प्रतिस्पर्धा गर्नेछ ।
