Logo

किर्गीस्तानमा हुने प्रतियोगिता खेल्न नेपाली महिला टोली त्यसतर्फ प्रस्थान

ई-खेलकुद २०७६ भदौ १९ , बिहीबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । किर्गिस्तानमा आयोजना हुने नाडेज्डा कप खेल्न नेपाली महिला टोली आज त्यसतर्फ गएको छ । १८ खेलाडीसहित २३ सदस्सीय नेपाली टोली बिहान आयोजनास्थल उडेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । ४ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले सेप्टेम्बर ८ मा आयोजक किर्गिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै सेप्टेम्बर ९ मा उज्बेकिस्तान र सेप्टेम्बर १० मा नेपालको भेट ताजिकिस्तानसंग हुनेछ । सेप्टेम्बर १२ मा तेस्रो स्थान र उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । टोलीलाई एन्फाले हिजो एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको थियो ।
यो प्रतियोगितालाई नेपालले आसन्न १३ औ दक्षिण एसियाली खेलकुद सागको तयारीका रुपमा समेत लिएको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?