Logo

किर्गीस्तानमा हुने प्रतियोगिता खेल्ने टोलीको बिदाई

ई-खेलकुद २०७६ भदौ १८ , बुधबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । किर्गिस्तानमा आयोजना हुने नाडेज्डा कपमा सहभागीता जनाउने नेपाली महिला फुटबल टोलीको बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज बिहान एक कार्यक्रमको आयोजना गरि टोलीको बिदाई गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतका पदाधिकारीले टोलीको बिदाई गरेका हुन् । नेपाली टोली भोली प्रतियोगितास्थल किर्गीस्तान जाने कार्यक्रम रहेको छ ।
प्रतियोगिताका लागि प्रशिक्षक हरी खड्काले क्याम्पमा रहेका ३२ खेलाडीबाट अन्तिम १८ सदस्सीय टोलीको घोषणा गरेका हुन् । टोलीमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर, पुनम जर्घामगर, हिरा कुमार भुजेल, अमृता जैशी,दिपा राई र रेनुका नगरकोटी रहेका छन् । त्यस्तै अनिता बस्नेत, मन्जली कुमारी योञ्जन, सरु लिम्बु, सावित्रा भण्डारी, निरु थापा र रेखा पौडेल पनि किर्गीस्तान भ्रमणमा जानेछन् । टोलीका अन्य सदस्यहरुमा अनिता केसी, गिता राना, कबिता धिमाल, विमला चौधरी र इन्दिरा राई रहेका छन् ।
४ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा नेपालले सेप्टेम्बर ८ मा आयोजक किर्गिस्तानसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यस्तै सेप्टेम्बर ९ मा उज्बेकिस्तान र सेप्टेम्बर १० मा ताजिकिस्तानसंग नेपालले प्रतिस्पर्धा गर्नेछ । सेप्टेम्बर १२ मा तेस्रो स्थान र उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?