Logo

किर्गीस्तानबिरुद्ध सान्त्वना जितको खोजीमा नेपाल

ई-खेलकुद २०७६ कात्तिक २४ , आईतबार ०२:११ मा प्रकाशित

काठमाण्डौ । इरानमा जारी एएफसी यू–१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा नेपालले आज बलियो टोली किर्गीस्तानसंग प्रतिस्पर्धा गर्दैछ । समुहको कमजोर टोली नेपालले समुहचरणको अनितम खेलमा अर्को शसक्त टोली किर्गीस्तानको सामना गर्न लागेको हो ।
तेहरानस्थित पास रंगशालामा नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुने खेलमा नेपाल पहिलो अंकको खोजीमा रहेको छ । यद्यपी युएईलाई हराएको किर्गीस्तानलाई युएईसंग हारेको नेपालले जित निकाल्न निक्कै छ । समूह ’डी’ मा रहेको नेपालले युएई र ईरानसंग समान ४–० को हार भोगेको थियो । एक खेल अगावै छनोटको होडबाट बाहिरिएको नेपाल प्रतियोगीतामा सुखद अन्त्यको योजनामा रहेको छ ।
ईरानसंग हार भोगेको किर्गीस्तान भने ३ अंकमा तालिकाको दोस्रो स्थानमा छ । नेपाललाई फराकिलो अन्तरले हराउन सके, उसको अघिल्लो चरण प्रबेशको संभावना बलियो बन्नेछ । यो समुहबाट आयोजक ईरानले यसअघि नै च्याम्पियनसीपमा स्थान बनाईसकेको छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?