
काठमाण्डौ । किर्गीस्तानमा जारी नाडेज्डा कप फुटबलमा नेपालले शानदार सुरुवात गरेको छ । आज भएको खेलमा आयोजकलाई ८–२ को फराकिलो अन्तरले हराउदै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । पहिलो हाफमा ६–२ को अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल थपेको थियो ।
नेपाललाई फराकिलो जित दिलाउन साबित्रा भण्डारीले ४ गोल गरिन् । अनिता बस्नेतले २ तथा दिपा राई र निरु थापाले एक एक गोल गरे ।
नेपालले आफ्नो दोस्रो खेलमा भोली उज्वेकिस्तानको सामना गर्नेछ ।
