Logo

किरण चेम्जोङ प्लेयर अफ दि मन्थ

ई-खेलकुद २०७७ फागुन २२ , शनिबार ०२:०३ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ भारतीय आई लिगमा प्लेयर अफ दि मन्थ घोषित भएका छन् । आई लिगमा पञ्जाव एफसीमा आबद्ध किरणले फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् ।
उनी टिम अफ दि मन्थमा पनि पर्न सफल भएका छन् । जारी आई लिगमा आफ्नो उत्कृष्ट प्रर्दशनलाई निरन्तरता दिएका किरणले पहिलो चरणको लिगमा १० खेल खेल्दा उनले ६ खेलमा क्लिनसिट राखेका थिए ।
टोलीका नियमित कप्तान विक्रमजित सिंहको अनुपस्थितिमा पञ्जावको कमानी किरणले सम्हाल्दै आएका छन् । अवार्ड जितसंगै किरणले आफ्नो करियरमा महत्वपूर्ण उपलब्धि प्राप्त भएको बताएका छन् । उनले यो उपलब्धीले आफुलाई थप मेहनतका लागि हौसला समेत प्रदान गर्ने उल्लेख गरेका छन् ।

किरण चेम्जोङ प्लेयर अफ दि मन्थ

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?