Logo

किरण चेम्जोङ एसीयाका उत्कृष्ट १० फुटबलरको सुचीमा

ई-खेलकुद २०७७ चैत्र १९ , बिहीबार ०४:०४ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एसियाकै दस उत्कृष्ट फुटबलरको सूचीमा परेका छन् । एसियाली फुटबल महासंघ एफएफसीले आज सार्वजनिक गरेको ‘एएफसी साताको राष्ट्रिय खेलाडी’ को सूचीमा किरणले स्थान बनाएका हुन् ।
सो सूचीमा युएइका अलि मखौत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाको, इरानका सरदार अजमौन, साउदीका सलेह अल शेहरी, इराकका अला अलि म्हावी, बहराइनका मोहमेद मरहून, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका अलिशेर हलिलोभ र नेपालका किरण चेम्जोङ छन् । सूचीमा परेका दस खेलाडीलाई मतदानका लागि खुला गरिएको छ । ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’का लागि मतदान खुला गरिएको छ । एएफसीको वेबसाइटमा अप्रिल चारसम्म जोसुकैले अनलाइन माध्यमबाट आफ्नो रोजाइको खेलाडी चयन गर्न पाउनेछन् ।
किरणले यो सातामा मात्र भारतीय आई लिगमा उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका थिए भने उनकै कमानीमा नेपालले थ्री नेसन्स लिगको उपाधि जितेको थियो ।

एफएफसी किरण चेम्जोङ

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?