Logo

किरणले जिते एएफसी प्लेयर अफ दि विकको उपाधि

ई-खेलकुद २०७७ चैत्र २३ , सोमबार ०३:०४ मा प्रकाशित

काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ साताको उत्कृष्ट एसीयाली खेलाडी घोषित भएका छन् । एसीयाली फुटबल महासंघले आज किरणलाई साताको उत्कृष्ट खेलाडी घोषित गरेको हो । उत्कृष्ट १० को सुचीमा रहेका अन्य ९ प्रतिस्पर्धीलाई पछि पार्दै किरण साताको उत्कृष्ट एसियाली खेलाडी चुनिएका हुन् । उनले ५५.६९ प्रतिशत मत प्राप्द गर्दै एएफसी प्लेयर अफ दि विकको उपाधि हात पारे ।
उनी एएफसीको प्लेयर अफ दी विक जित्ने नेपाली फुटबलर बनेका छन् । एएफसीका अनुसार २०.७२ प्रतिशत अंक प्राप्त गरेका साउदी अरेबियाका सलेह अल सेहरी दोस्रो र १०.१६ प्रतिशत मतका साथ इराकका अल अली महबइ तेस्रो स्थानमा रहे । किरणको कप्तानीमा नेपालले अघिल्लो साता थ्री नेसन्स कप फुटबलको उपाधि जितेको थियो । फाईनलमा बंगलादेशलाई २–१ गेल अन्तरले हराउदै नेपालले ३७ बर्षपछि घरेलु मैदानमा उपाधि जितेको थियो ।
भारतीय आई लिगमा समेत किरण प्रतियोगीताकै उत्कृष्ट खेलाडी चुनिएका थिए ।

एसीयाली खेलाडी किरण चेम्जोङ

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?