Logo

किन छाडे पारसले राष्ट्रिय टोलीको कप्तानी ? रहस्य यस्तो छ

ई-खेलकुद २०७६ असोज ३० , बिहीबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले सोमबार नेपाल क्रिकेट संघ क्यानमाथीको निलम्बन फुकुवा गरेको २४ घण्टा नबित्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजिनामा दिए । लामो सक्रमणकालको अन्त्य हुने प्रतिक्षामा रहेका आम नेपाली क्रिकेटप्रेमीहरु पारसको यो निर्णयपछि आश्चर्यमा परे । तर उनको यो निर्णय आश्चर्यजनक रुपमा आएको होईन् । पुर्बतयारी पछि नै आएको हो ।
यस्तो छ घटनाक्रम :
असोज ११ गते नेपाल क्रिकेट संघको निर्वाचनबाट चतुर बहादुर चन्द नेतृत्वमा निर्वाचित बन्दै गर्दा नेपाली टोली जिम्बावेसमेत सहभागी टी–२० सिरिज खेल्न सिंगापुरमा रहेको थियो । संयोगनै मान्नु पर्छ सोहि दिन सिंगापुरविरुद्धको खेलमा कप्तान पारस खड्काले अबिजित १ सय ६ रन बनाउदै टी–२० क्रिकेटमा पहिलो शतक बनाउने खेलाडीका रुपमा आफुलाई दर्ज गराउदै थिए । घरेलु क्रिकेटको निर्वाचन प्रक्रिया र यसको परिणामलाई नजिकबाट नियालीरहेका खड्काले चन्द नेतृत्वको कार्यसमिती निर्वाचित भएसंगै पद छाड्ने मनस्थितीमा पुगीसकेका थिए । पारस निकट स्रोतले भन्यो–आपसी कटुता र सम्बन्धमा पनि चिसोपना केहि छैन ,तरपनि क्यानमा नयाँ नेतृत्व आएसंगै पारसले पद छाड्नेबारे निकटका ब्यक्तिसंग छलफल गरेका थिए । पारस निकटका खेलाडी र पदाधिकारीले तत्काल पद नछोड्न सुझाव दिएपनि खड्का आफ्नो निर्णयमा लगभग अडिग जस्तै बनेका थिए । सिंगापुरबाटै ओमान भ्रमणमा निस्किएको टोलीले ओमानमा उनकै कमानीमा ५ राष्ट्र सहभागी सिरिज खेलेको थियो ।
ओमान भ्रमणबाट फर्किएसंगै उनले दोस्रो चरणमा पद छाड्नेबारे अग्रज खेलाडी र केहि पदाधिकारीसंग थप छलफल गरेको स्रोतले बताएको छ । दोस्रो चरणको छलफलमा पनि पद छाड्ने समय अनुपयुक्त रहेको धारणा परामर्शदाताबाट आएको थियो । जब असोज २७ गते सोमबार आईसीसीबाट नेपाल क्रिकेट संघ क्यानमाथीको निलम्वन शर्तसहित फुकुवा भयो, पारस आफ्नो निर्णय सार्बजनिक गर्ने मनसायमा पुगे । त्यसको भोलीपल्ट नै उनले बिज्ञप्ती जारी गरि राजिनामा दिएको घोषणा गरे ।
फरक भुमिकाको खोजी :
पारसले कप्तानको पद छाड्ने घोषणासंगै खेलाडीको रुपमा केहि समय मैदानमा बिताउने बताएपनि वास्तविक रुपमा उनको चाहाना फरक देखिएको छ । तत्काल नेपालले खेल्ने अन्तराष्ट्रिय प्रतियोगिता पनि नभएको र केहि समय टोली फुर्सदमा रहने भएकाले त्यसअगावै उनले राजिनामा दिएको स्रोतले जनाएको छ । आम समर्थकको आक्रोशलाई मथ्थर पार्न उनले खेलाडीको रुपमा मैदान उत्रने बताएपनि उनी खेलाडीका रुपमा मैदान उत्रने संभावना निक्कै न्युन रहेको छ । यसबिचमा क्यानका पदाधिकारीले उनीसंग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा छलफल गरिरहेका छन् । पारसको कदमले भर्खरै नेतृत्वमा रहेका पदाधिकारी र समग्र नेतृत्वप्रतिनै शंका उब्जने भयले क्यानका पदाधिकारी पारसलाई पुरानै भुमिकामा फर्काउन प्रयासरत बनेका हुन् । पारसनिकट स्रोतका अनुसार उनलाई क्यानको महत्वुर्ण जिम्मेबारीमा ल्याउने प्रयास पनि भईरहेको छ । तर तत्काल उनले ती सबै प्रस्ताव अस्विकार गरेका छन् । यद्यपी पारसको भित्री चाहाना नेपाली क्रिकेटको ब्यबस्थापकको भुमिकामा रहनु रहेको बताईएको छ ।
खेलाडीहरुको पनि राजनिति :
नेपाली टोलीलाई निक्कै कठिन अवस्थामा पनि सफल नेतृत्व गरेका पारसको क्यान नेतृत्वसंगको ट्युनिङ नमिल्ने अवस्थाको फाईदा टोली भित्रकै खेलाडीहरुले लिन थालेका छन् । सतहमा नआएपनि पारसको नेतृत्वलाई लिएर टोलीका युवा खेलाडीहरुबाट फरक अबस्थाको संकेत देखिन थालेको थियो । जसको नेतृत्व लेगस्पिनर सन्दिप लामिछानेले गरेका थिए । यो समुहले पारसको नेतृत्व प्रतिस्थापनको चाहाना केहि समय अघिबाटै गरिरहेका थिए । क्यानको नेतृत्वसंग नजिक रहेका खेलाडीहरु यसैको फाईदा उठाउने प्रयासमा रहेको जानकारी पारससम्म पुगेको थियो । यहि कारणले पनि उनलाई नेतृत्व छाड्न दबाव बढेको हो ।
आईसीसीबाटै भुमिका खोज्दै :
क्यान निलम्बन फुकुवासंगै नेपाली क्रिकेट अर्को चरणमा प्रबेश गरेको छ । यो बिचमा टोलीको कप्तान मात्र नभएर खेलाडी छनोटकर्ता तथा सिंगो क्यानको भुमिकामा रहेका पारस अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीसंग निक्कै नजिक रहेका छन् । क्यानको नेतृत्वसंग प्रत्यक्ष द्धन्द नरहेपनि अप्रत्यक्ष रुपमा उनी नेतृत्यत्ति सन्तुष्ट छैनन् । यहि अवस्था बुझेर उनले विश्व क्रिकेटको सर्बोच्च निकाय आईसीसीबाटै त्यो भुमिका खोजेको अनुमान लगाउन थालिएको छ । ब्यक्तिगत सम्बन्ध तथा आईसीसीले उनीप्रति गर्ने विश्वासको फाईदा पारसले उठाउन केहि प्रयास गरेका छन् । ती प्रयासले केहि दिनमै सार्थकता पाउने संभावना पनि देखिएको छ ।
यावत घटनाक्रमलाई नियाल्दा पारस मैदानमा खेलाडीको भुमिकामा फर्कने अवस्था निक्कै न्युन रहेको छ । जसरी उनले आफ्नो निर्णयको प्रतिरक्षा गरिरहेका छन त्यो तत्काल अर्को भुमिका नपाउन्जेल सम्मका लागि मात्र हो भन्दा कुनै फरक पर्दैन । जे होस पारस नेपालका सफल कप्तान मात्र होईनन नेपाली क्रिकेटको मियो पनि हुन् । नेपाली क्रिकेटलाई राम्रोसंग बुझेका पारस जुनसुकै भुमिकामा नेपाली क्रिकेटमा रहेपनि त्यो प्रतित्युपादक बन्ने निश्चित छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?