Logo

कास्यको स्पर्धामा माल्दिभ्सद्धारा नेपालसामु ९५ रनको चुनौती

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार १०:१२ मा प्रकाशित

काठमाण्डौ । साग पुरुष क्रिकेट अन्तर्गत कास्यको स्पर्धामा माल्दिभ्सले नेपालसामु ९५ रनको चुनौती प्रस्तुत गरेको छ । काठमाण्डौको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ गरेपछि ब्याटिङमा उत्रिएको माल्दिभ्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर ९४ रनको योगफल तयार पारेको हो । माल्दिभ्सको ईनिङसमा लिम साफिगले सर्बाधिक १९ रन बनाए । महम्मद रिसवानले १७, महम्मद माफुजले १६, अमिल मौरुफले १३ र उमार एदमले ११ रन जोडे ।
नेपालका ललित नारायण राजवंशीले ३, सुसन भारीले २ तथा पारस खड्काले १ विकेट लिए । माल्दिभ्सका ३ ब्याट्सम्यान रनआउट भएका थिए । ९५ रनको चुनौती सहित नेपालले कहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।
पुरुष क्रिकेटको स्वर्णका लागि आजै बंगलादेश र श्रीलंकाबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?