
एजेन्सी । स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोना काडिजसंग एक एक गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदान नाउ क्याम्पमा अन्तिम समय लय गुमाउदा बार्सा अंक बाँड्न बाध्य भयो । ३२ औ मिनेटमा लियोनल मेस्सीले पेनाल्टिमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ८९ औ मिनेटमा पाएको पेनाल्टिको अवसरलाई एलेक्स फर्नाण्डेजले पेनाल्टिमै गोल गर्दै काडिजलाई बराबरीमा पुर्याए ।
खेलमा बार्साले पाहुना टोलीमाथी अधिकांश समय दबाब बनाएपनि गोल गर्ने दर्जन बढि अबसर गुमाएको थियो । बराबरीका बावजुत बार्सा ४९ अंकमा तालिकाको तेस्रो स्थानमा कायम छ । काडिज भने २४ अंकमा तालिकाको १५ औ स्थानमा छ ।
