Logo

काठमाण्डौ म्याराथनको उपाधि पुरुषतर्फ नरेन्द्र र महिलातर्फ कान्छिमाया कोजुलाई

ई-खेलकुद २०७६ पुस ५ , शनिबार १२:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औं संस्करणको काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मीका नरेन्द्र रावल र महिलातर्फ एपीएफकी कान्छिमाया कोजुले जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला आज भएको म्याराथनमा आर्मीकै बेद बहादुर सुनारलाई पछि पार्दै नरेन्द्रले उपाधि जितेका हुन् । उनले २ घण्टा ३३ मिनेट १० सेकेण्डमा निर्धारित दुरी पुरा गरे । सुनारले २ घण्टा ३४ मिनेट २० सेकेण्डको समय निकाले ।
महिलातर्फ कोजुले २ घण्टा ५७ मिनेट २७ सेकेण्डमा दुरी पुरा गर्दै उपाधि जितेकी हुन् । काठमाण्डौ म्याराथनमा उनको यो ह्याट्रिक उपाधि हो । महिलातर्फ आर्मीकी सरिता बासी दोस्रो भईन् । उनले ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा पूरा गरिन् ।
प्रो स्पोर्टस प्रालिले आयोजना गरेको म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले २० हजार हात पारे । हाफ म्याराथनको उपाधि भने त्रिभुवन आर्मी क्लबका राजन रोक्का र पुर्ण लक्ष्मी न्यौपानेले जितेका छन् । राजनले १ घण्टा १० मिनेट २६ सेकेण्डमा निर्धारित दुरी पुरा गरे । पुरुषमा आर्मीकै हरि कुमार रिमाल दोस्रो भए । पुर्ण लक्ष्मीले १ घण्टा २८ मिनेट ०३ सेकेण्डको समय निकाल्दा दोस्रो भएकी आर्मीकी सानुमाया कार्कीले १ घण्टा ३० मिनेट ०१ सेकेण्डको समय निकालिन ।
हाफ म्याराथनतर्फ महिला पुरुष दुवैको विजेताले २० हजार र दोस्रोले १३ हजार पुरस्कार जिते ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?