Logo

काकडभिट्टालाई हराउदै चर्च व्वाईज सेमिफाइनलमा

ई-खेलकुद २०७६ कात्तिक ३ , आईतबार ०९:१० मा प्रकाशित

डाँगीहाट । चर्च व्वाईज युनाईटेड मोरङको भाउन्नेमा जारी तेस्रो डाँगीहाट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई सडेन डेथमा हराउदै चर्च ब्वाईजले अन्तिम चारको यात्रा तय गरेको हो ।
निर्धारित समयको खेल एक एकको बराबरीमा सकिएपछि भएको टाईब्रेकरपनि बराबरीमा सकिएपछि सडेन डेथबाट खेलको निर्णय लिईएको हो । निर्धारित समयमा काकडभिट्टाका कर्ण लिम्बुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । चर्च ब्वाईजका मिलन राईले बराबरी गोल गरेका थिए । सडेन डेथमा आशिस चापागाँईको प्रहार पोलमा लागेर फर्किएपछि चर्च ब्वाईजको भाग्य सुलेको हो । खेलमा चर्च ब्वाईजका मिलन राई म्यान अफ दि म्याच घोषित भए । उनले नगद पाँच हजार पाए ।
आठ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको उपाधि विजेताले ३ लाख १ हजार र उपबिजेताले १ लाख १ हजार रुपैया प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?