Logo

काउटिन्हो लोनमा १ बर्षका लागि वार्यन जादै

ई-खेलकुद २०७६ साउन ३२ , शनिबार ०९:०८ मा प्रकाशित

– बार्सिलोनाका मिडफिल्डर फिलिप काउटिन्हो जर्मन क्लब वार्यन म्युनिख जाने भएका छन् । बार्साले २७ बर्षिय ब्राजिलीयन मिडफिल्डरलाई एक बर्षका लागि लोनमा वार्यन म्युनिख पठाएको हो । अघिल्लो सिजन मात्र १ सय ४२ मिलियन पाउण्डमा बार्सा आएका काउटिन्होले ७६ खेलमा २१ गोल समेत गरेका छन् ।

१ बर्षपछि वार्यनले चाहेको खण्डमा उनलाई स्थायी रुपमै टोलीमा राख्न सक्नेछ । काउटिन्होलाई पेरिस सेन्ट जर्मेन पीएसजी पठाएर नेयमारलाई फर्काउन ९२ मिलियन पाउण्ड दिने प्रस्ताव गरेपनि पीएसजीबाट अस्वीकृत भएपछि बार्सिलोनाले पछिल्लो कदम चालेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?