Logo

कहिले सुध्रिएला नेपालको ब्याटिङ ? टोलीको पोष्टमार्टमका लागि उचित समय….

ई-खेलकुद २०७६ कात्तिक २३ , शनिबार ०८:११ मा प्रकाशित

काठमाण्डौ । अनेकन समस्याका बावजुत नेपाली क्रिकेटले अन्तराष्ट्रिय रुपमा केहि महत्वपुर्ण उपलब्धि हात पारेको छ । चार बर्षका लागि पाएको एकदिवसीय राष्ट्रको मान्यता अब आधा बाँकि रहेको छ । सन् २०१४ को टी–२० विश्वकप समेत खेलिसकेको नेपाल आईसीसीको टी–२० वरियतामा एसोसिएटतर्फको शीर्ष स्थानमा रहेको छ । सन् २०२३ मा भारतमा हुने वन डे विश्वकपको लिग २ को तयारीमा रहेको नेपालसामु अनेकौ अवसरहरु सम्मुखमा रहेका छन् । तर टोलीको प्रर्दशन भने लगातार खस्कदो क्रममा रहेको छ । कुनैबेला क्षेत्रीयस्तरमा एसोसिएटतर्फ एसीयाकै निक्कै शसक्त टोलीका रुपमा उदाएको नेपाल पछिल्ला केहि बर्षमा ओरालो लाग्ने क्रममा पुगेको छ । जसको उदाहरण टी–२० विश्वकप छनोटसम्म पुग्न नसक्नुलाई लिन सकिन्छ ।
घरेलु संरचना र आवश्यक एक्पोजरको कमीका कारण खेलाडीको प्रर्दशन खस्किएको भन्ने केहिथरीको बिश्लेषण रहेपनि ग्राफमा हेर्दा पछिल्ला बर्षहरुमा साना ठुला प्रतियोगीतामा खेलाडीको ब्यस्तता बढेकै छ । अन्तराष्ट्रिय रुपमा पनि अन्य बर्षहरुका तुलनामा प्रतियोगीतामा सहभागीताको संख्यापनि उत्तिकै बढि रहेको छ । अन्तराष्ट्रिय भ्रमणहरु पनि भईरहेका छन् ।
क्रिकेट गतिविधि सामान्यन्मुख बन्दै हरेक वातावरण सहजतातर्फ अघि बढिरहेका बेला आम नेपाली सरोकारवालको चिन्ता पाएका उपलब्धी जोगाउनै नसकिने पो हो की ? भन्नेतर्फ बढ्न थालेको छ ।
ब्याट्सम्यानको शुन्य भुमिका : नेपाली क्रिकेटको परम्परागत समस्याको रुपमा रहेको ब्याटिङ फर्मले नेपाली क्रिकेटलाई निक्कै कमजोर अवस्थामा पुर्याएको छ । नाम चलेका र अनुभवी खेलाडीहरुको प्रर्दशनले आम समर्थक निराश मात्र होईनन, नेपाली क्रिकेटको भविश्यलाई लिएर चिन्तित पनि बन्न थालेका छन् । ओपनिङ जोडीदेखीनै निश्प्रभावी बन्दै आएका ब्याट्सम्यानकै भरमा नेपालले खेल जित्ने आशा शुन्यतामा विलिन हुदैछ । जसले गर्दा पछिल्लाक्रमका ब्याट्सम्यान अझ भनौ बलरहरुमा निक्कै दबाव पुग्ने गरेको छ । नेपाली क्रिकेटको खम्बाका रुपमा रहेका पारस खड्काले कप्तानको पदबाट राजिनामा दिएपछि त झन टोलीको अवस्था दयनीय नै बनेको छ । उनको भुमिकामा पुगेका ज्ञानेन्द्र मल्ल, आश गरिएका दिपेन्द्रसिंह ऐरी, शरद भेषावकर, बिनोद भण्डारी, आरिफ शेख, रोहित कुमार पौडेल जस्ता ब्याट्सम्यान एक पछि अर्को खेलमा फ्लप हुदै गर्दा अबको चुनौती विकराल हुने अवस्था छ ।
कौशलताको अभाव : पछिल्ला खेलमा नेपाली बयाट्सम्यानको प्रर्दशनलाई नियाल्दा उनीहरुको कौशलता निक्कै खस्केको देखीन्छ । समान प्रकृतीका सटबाहेक ब्याटबाट देखाउने कौशल नेपाली ब्याट्सम्यानबाट टाढिदै गएको छ । गलत सट प्रहार गर्न खोज्दा विकेट गुमाउने नियती नरोकिदा पुरा ओभरसम्म ब्याट्सम्यान क्रिजमा रहने संभावना क्षीण बन्दै गएको छ । यसले नेपाली क्रिकेटको भोलीको भबिश्यलाई निक्कै प्रभाव पार्नेमा दुईमत छैन् । योसंगै खेलाडीको फिटनेश र मनोबैज्ञानिक सबलताले पनि खेलको नतिजामा धेरै नै प्रभाव पारेको छ ।
प्रशिक्षकको असफल रणनिती : जगत टमाटालाई विस्थापित गर्दै राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका उमेश पटवालको भुमिकाले पनि नेपाली टोलीको प्रर्दशनमा ठुलो अर्थ राख्छ । प्रशिक्षकका रुपमा उनले बनाएका रणनिती लगातार असफल बन्दा त्यसको असर समग्र टोलीको नतिजामा परेको छ । खेलाडीलाई दिईने भुमिका र विपक्षी टोलीबिरुद्ध बनाएका रणनिती कमजोर बन्दा दिनानुदिन नेपाली टोलीको प्रर्दशन गिर्दो क्रममा रहेको छ ।
यी मुख्य समस्या नेपाली क्रिकेटका तात्कालिन समस्या भने होईनन, लामो समयदेखी समस्याकै रुपमा रहेका यी बिषयको समाधानमा टोली ब्यवस्थापकले ध्यान नदिदा कुनै पनि फर्मेटमा नेपाली ब्याट्सम्यान पुरा ओभर मैदानमा संर्घष गर्न सक्ने अवस्था छैन । यो अवस्थाले पक्कै पनि टोलीको पुर्ण पोष्टमार्टम गनुपर्ने अवस्था देखिएको छ ।
अव नेपाल क्रिकेट संघ क्यानले नाम र अनुहार होईन, क्षमता हेरेर टिमको छनोट गर्नुपर्छ । नत्र नेपाली क्रिकेटले पाएका उपलब्धीलाई जोगाउन धेरै नै गाह्रो छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?