
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएका छन् । आज भएको एन्फाको चुनावी सभाले आगामी ४ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
नेम्बाङले बर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । नेम्बाङले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत प्राप्त गरे ।अध्यक्षका अर्का प्रत्यासी राजिव पौडेलले कुनै मत पाएनन् । उनले आफैले आर्फलाई समेत भोट हालेनन् ।

कुल ८४ मतदाता रहेको निर्वाचनमा शत प्तिशत मत खसेको थियो । वरिष्ठ उपाध्यक्षमा बीरबहादुर खड्का निर्वाचित भएका छन् । नेम्बाङको प्यानलमा रहेका खड्काले कर्माछिरिङ शेर्पा प्यानलका शिक्षित पराजुलीलाई ४ मतले पराजित गरे । खड्काले ४४ मत प्राप्त गर्दा पराजुलीले ४० मत प्राप्त गरे ।