
काठमाण्डौ । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत कराते र तेक्वान्दोका स्पर्धामा नेपालले समान ७ स्वर्ण पदक हात पारेको छ । उद्घाटन भएको दोस्रो दिन आज भएका स्पर्धामा नेपालले उत्कृष्ट सफलता हात पारेको हो । करातेमा आज ९ स्वर्णका लागि भएको स्पर्धामध्ये नेपालले ७ वटा स्वर्णमा कब्जा जमाएको हो ।
१३ स्वर्णका लागि भएको तेक्वान्दोका ईभेन्टमा पनि नेपालले समान ७ स्वर्ण पदक हात पार्यो । त्यस्तै पोखरामा भएको ट्रायथलनबाट पनि नेपालले एक स्वर्ण पदक प्राप्त गरेको छ ।
स्वर्ण बाहेक नेपालले तालिकामा ३ रजत र १ कास्य पदक पनि हात पारेको छ ।
- हालसम्म नेपालले पाएका स्वर्ण
तेक्वान्दोः - पुरुष एकल पुम्से २३ देखी २९ वर्ष उमेर समुहमा कमल श्रेष्ठ
- महिला एकल पुम्से १७ देखी २३ वर्ष उमेर समुहमा सिना मादेन लिम्बु
- महिला पुम्से २३ देखी २९ वर्ष उमेर समुहमा पार्वती गुरुङ
- महिला एकल पुम्से २९ वर्षमाथि आयशा शाक्य
- पुम्से जोडीः आयशा शाक्य र सञ्जिव कुमार ओझा
- महिला पुम्से टिम स्पर्धामा निशा दर्नाल, स्वस्तिका तामाङ र संजिला तिमल्सिना
- महिला पुम्से टिम स्पर्धामा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
कराँतेः - महिला टिम काता
- पुरुष टिम काता
- एकल कातामा मन्डेकाजी श्रेष्ठ
- पुरुष कुमुते ५५ केजी तौल समुहमा लक्ष्मण तामाङ
- पुरुष कुमुते ८४ केजी माथिको तौल समुहमा विप्लपलाल श्रेष्ठ
- महिला कुमुते ४५ केजीमाथिको तौल समुहमा कुसुम खड्का
- महिला कुमुते ५० केजी तौलमाथी अनु अधिकारी
ट्रायथलन - ट्रायथलनको महिला स्पर्धामा सोनिका गुरुङ
