Logo

करातेमा नेपालको एकपक्षिय जित कायमै, कुमुतेमा लक्ष्मणले जिते स्वर्ण

ई-खेलकुद २०७६ मंसीर १६ , सोमबार ०२:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेका ईभेन्टमा नेपालले एकपक्षिय जित निकाल्ने क्रम जारी रहेको छ । ललितपुरको सातदोबाटोस्थित कभर्ड हलमा आज भएको पुरुष कुमुतेको ईभेन्टमा लक्ष्मण तामाङले स्वर्ण पदक हात पारेका हुन् ।
५५ केजी तौल समुहमा बंगलादेशका महम्मद मुस्तफालाई हराउदै उनले स्वर्ण जितेका हुन् । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई हराएका लक्ष्मणले फाइनलमा बंगलादेशी प्रतिद्धन्दीलाई पन्छाएका हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?