
काठमाण्डौ । नेपालले १३ औ दक्षिण एसियाली खेलकुद अन्तर्गत करातेमा आज २ स्वर्ण थप गरेको छ । ललितपुरको सातदोबाटोस्थित कभर्डहलमा ८४ केजी तौल समुहमा विप्लब लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए । पाकिस्तानका मोहमम्द वजलाई ६–५ अंकले हराउदै विप्लवले स्वर्ण जितेका हुन् ।
करातेकै कुमुते ४५ केजि मुनिको प्रतिस्पर्धामा कुसुम खड्काले नेपाललाई अर्को स्वर्ण दिलाईन् । बंगलादेशी प्रतिद्धन्दीलाई ३–२ ले हराउदै कुसुमले स्वर्ण जितेकी हुन् ।
स्वर्णको आश गरिएका दिवस श्रेष्ठ भने कुमुतेतर्फ रजत पदकमै सिमित बने । ८४ केजी तौल समुहमा पाकिस्तानका अवाइस मोहमम्दसंग २–२ को बराबरी खेलेपनि रेफ्रिको चेतावनी अस्विकार गर्दै गएपछि अवाईसलाई विजेता घोषणा गरिएको हो ।
तेक्वान्दो महिला टिम पुम्सेमा नेपालले कास्य पदक हात पारेको छ । अस्मिन राउत र सिना लिम्बु मादेनले कास्य जितेकी हुन् ।
