Logo

करण केसी नायक बन्दा टी–२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सबिरुद्ध नेपालको रोमाञ्चक जित

ई-खेलकुद २०७६ असोज २० , सोमबार ०२:१० मा प्रकाशित

काठमाण्डौ । ओमानमा जारी ५ राष्ट्र सहभागी टि–२० क्रिकेट सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ । आज भएको खेलमा नेदरल्याण्ड्सलाई ४ विकेटले हराउदै नेपालले जितको श्रृखला जारी राखेको हो ।
डच टोलीले दिएको १ सय ३४ रनको लक्ष्य नेपालले १ बल अगावै ६ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा करणकेसी नायक बने उनले १४ बलमा अबिजित ३१ रन बनाउदै टोलीलाई जितसम्म पुर्याए । कप्तान पारस खड्काले ३३ र बिनोद भण्डारीले २६ रनको योगदान गरे । पवन सर्राफले ९, दिपेन्द्रसिंह ऐरीले ८, रोहित पौडेलले ५ र आसिफ शेखले ५ रन बनाए ।
नेदरल्याण्ड्सका रायन भान डेर मर्बीले २ तथा कोलिन एकरमन, बीडी ग्लोभर र भान मकरेनले समान एक विकेट लिए ।
यसअघि एमिरातस्थित क्रिकेट मैदानमा टस जितेको नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्स ३ बलअगावै १ सय ३३ रनमा समेटिएको थियो । डच टोलीका म्याक्स ओडोएडले ४३ रन बनाए । कोलिन एकरमनले २९, एन्टोनियो स्टेलले २१ रन जोडे ।
नेपालका सन्दिप लामिछाने र करण केसीले समान ४ ललित नारायण राजवंशीले १ विकेट सलए । एक ब्याट्सम्यान रनआउट भएका थिए ।
नेपालले आफ्नो तेस्रो खेलमा पर्सी आयरल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?