
काठमाण्डौ । साग पुरुष क्रिकेटको तेस्रो खेलमा नेपालले माल्दिभ्ससामु १ सय ६४ रनको मध्यम चुनौती प्रस्तुत गरेको छ । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रनको योगफल तयार पारेको हो ।
नेपालका लागि बिष्फोटक ब्याटिङ गरेका करण केसीले अबिजित ४० रन बनाए । दिपेन्द्रसिंह ऐरीले ३९ रन बनाएको ईनिङसमा कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान १९ रन जोडे । आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रन बनाए । माल्दिभ्सका लिम साफिगले ३ तथा अमिल मौरुफले २ विकेट लिए ।
१ सय ६४ रनको चुनौतीसहित माल्दिभ्सले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।
