Logo

कप्तान सीता रानाको अर्धशतकमा पोखराद्धारा चितवनसामु १ सय २८ रनको लक्ष्य

ई-खेलकुद २०७६ कात्तिक २ , शनिबार ११:१० मा प्रकाशित

काठमाण्डौ । कप्तान सिता राना मगरले अबिजित ६५ रन बनाएपछि वुमन च्याम्पियष्न्स लिग क्रिकेटमा पोखरा पल्टनले चितवन राईनोजसामु १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २७ रनको योगफल तयार पारेको हो ।
सीताले ५६ बलमा १ छक्का र ७ चौकाको मद्धतमा ६५ रन बनाउदा १६ बल खेलेकी मन्जु बोगटीले २ छक्का र २ चौकाको मद्दतमा नटआउट २४ रन जोडिन् । कविता कुँवरले १५ रन बनाईन् । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
चितवनका कविता गौतमले २ तथा रेखा रावलले १ विकेट लिईन् । १ सय २८ रनको लक्ष्यसहित चितवनले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।
आजै काठमाण्डौ र बिराटनगरबिच पनि प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?