Logo

कप्तान मल्लसहित चार खेलाडी निलम्बनमा पर्ने संभावना

ई-खेलकुद २०७८ मंसीर २६ , आईतबार ०५:१२ मा प्रकाशित

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीमाथी कारबाहीको तयारी थालेको छ । खेलाडीको केन्द्रिय अनुबन्धनका बिषयमा मिडियामा प्रचारबाजी गरेको भन्दै उनीहरुलाई क्यानले २ पटक स्पष्टिकरण सोधेको थियो ।

खेलाडीले बुझाएको २ पटकको स्पष्टिकरणमा गल्ती स्विकार समेत नगरेको भन्दै छानबिन समितीले कारबाही गर्नुपर्ने निश्कर्षसहितको प्रतिबेदन बुझाएको हो । सोही प्रतिवेदनलाई आधार मान्दै उनीहरुमाथी कारबाहीको तयारी थालिएको क्यान निकट स्रोतले जनाएको छ ।

यद्यपी उनीहरुलाई कस्तो कारबाही हुन्छ भन्ने उल्लेख गरिएको छैन् । क्यानको बिधानमा खेलाडीले अनुशासन उल्लघन गरे निलम्बनमा पर्ने उल्लेख छ । सोहि बिधानमा टेकेर चार खेलाडी केहि समय निलम्बनमा पर्न सक्ने संभावना बढेको हो ।

क्यानले कप्तान मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, तथा सोमपाल कामी र कमलसिंह ऐरीलाइ स्पष्टिकरण सोधेको थियो । तर उनीहरुले ११ बुँदे माग अघि सार्दै क्यानलाई अव्यवहारिक रुपले चेतावनीसहितको जवाफ फर्काएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?