Logo

कप्तान मल्लको अर्धशतकमा ओमानविरुद्ध नेपालको शानदार जित

ई-खेलकुद २०७८ असोज ३ , आईतबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । आईसीसी विश्वकप लिग टुको खेलमा नेपालले ओमानविरुद्ध शानदार जित निकालेको छ । घरेलु टोलीलाई ७ विकेटले हराउदै नेपालले ओमान भ्रमणमा दोस्रो जित निकालेको हो । ओमानले दिएको १ सय २२ रनको चुनौती नेपालले १८ दशमलव २ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय ईनिङस खेले । ४६ बलको सामना गरेका मल्लले ४ चौका र २ छक्काको मद्दतमा अविजित ५२ रनको योगदान गरे । आसिफ शेखले ४० रन बनाए ।
ओमानका नेष्टोर डाम्बाले २ तथा बिलाल खानले एक विकेट लिए ।
यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा पहिले व्याटिङमा उत्रिएको ओमान ३७ दशमलव १ ओभरमा १ सय २१ रनमा अलआउट भएको थियो ।
लेगस्पिनर सन्दिप लामिछाने र करण केसी चम्किएपछि ओमान सामान्य स्कोरमा समेटिएको हो । सन्दिप र करणले समान ४ विकेट लिएको खेलमा शरद भेषावकरले बाँकि २ विकेट चट्काए ।
ओमानको ईनिङसमा कप्तान जेस्हान मक्सुदले सर्बाधिक ४१ रन बनाए । जतिन्दर सिंहले १३ र नासिम खुशीले १२ रन जोडे । ओमानका अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
यसअघि खेलेका तीनमध्ये नेपालले ओमान र अमेरिकासंग एक एक हार भोगेको थियो । यीनै राष्ट्रविरुद्ध एक एक जित निकाल्दै नेपालले ओमान भ्रमणको अन्त्य गरेको हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?