
पोखरा । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको आजको पहिलो खेलमा काठमाण्डौ गोल्डेन्सले एक्सपर्ट धनगढी ब्लुजसामु १ सय ८६ रनको बिशाल चुनौती प्रस्तुत गरेको छ । पोखरा रंगशालामा ओसिलो पिचका कारण ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याईएको छ । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले ५ विकेट गुमाएर १ सय ८५ रनको उच्च योगफल तयार पारेको हो । कप्तान ज्ञानेन्द्र मल्लले बिष्फोटक ब्याटिङ गर्दै १ सय रन बनाउदै टोलीलाई उच्चस्कोरसम्म पुर्याए । मात्र ३८ बल खेलेका मल्लले ९ छक्का र ८ चौका प्रहार गरे । जयकिशन कोल्सावालाले ४६ रन बनाए । गौरब तोमार खातानै नखोली पभेलियन फर्किएको काठमाण्डौको ईनिङसमा अमित श्रेष्ठले ३४ रन जोडे ।
धनगढीका कमलसिंह ऐरीले ४ तथा सागर ढकालले एक विकेट लिए ।
सोहि मैदानमा दिउँसो पौने १ बजे विराटनगर टाईटन्स र पोखरा पल्टन प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा हार भोगेको विराटनगर दोस्रो खेलबाट अंक जोड्ने योजनामा छ । एक जित र एकमा हार भोगेको पोखरालाई पनि अघिल्लो चरणको संभावना कायम राख्न विराटनगरबिरुद्ध जित निकाल्न आवश्यक छ । पोखरा शरद भेषावकर र विराटनगर प्रदिप ऐरीको कमानीमा रहेका छन् ।
