Logo

कप्तान ज्ञानेन्द्रको शतकमा भुटानलाई नेपालको २ सय ३७ रनको बिशाल चुनौती

ई-खेलकुद २०७६ मंसीर १९ , बिहीबार १०:१२ मा प्रकाशित

काठमाण्डौ । कप्तान ज्ञानेन्द्र मल्लको शतक मद्दतमा साग पुरुष क्रिकेट अन्तर्गत भुटानबिरुद्ध नेपालले २ सय ३७ रनको बिशाल चुनौती प्रस्तुत गरेको छ । टि–२० क्रिकेटमा नेपालले बनाएको यो नै हालसम्मको उच्च योगफल हो । राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेको भुटानले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउदै २ सय ३६ रनको किर्तिमानी योगफल तयार पारेको हो । ५५ बलमा ज्ञानेन्द्रले ९ छक्का र ५ चौकाको मद्धतमा १ सय ७ रन बनाए । उनी टि–२० क्रिकेटमा शतक बनाउने दोस्रो नेपाली कप्तान समेत बनेका छन् ।

यसअघि सिंगापुरबिरुद्धको टि–२० क्रिकेटमा पारसले शतक प्रहार गरेका थिए । भुटानबिरुद्ध २८ बल खेलेका पारसले १ छक्का र ९ चौका प्रहार गर्दै ५७ रन जोडे । रोहित कुमार पौडेल ६ रनको ब्यक्तिगत स्कोरमा आउट हुदा उपकप्तान दिपेन्द्र सिंह ऐरी ४५ र आरिफ शेख ४ रनमा अविजित रहे ।
भुटानका कर्मा दोर्जीले २ तथा तोब्डेन सिंगेले १ विकेट हात पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?