Logo

कप्तानका रुपमा ज्ञानेन्द्रको सुखद सुरुवात, एमसीसी ५ विकेटले पराजित

ई-खेलकुद २०७६ कात्तिक १८ , सोमबार ०३:११ मा प्रकाशित

काठमाण्डौ । पुर्णकालिन कप्तानको भुमिकामा रहेका ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाली टोलीले सुखद सुरुवात गरेको छ । मल्ल कमानीको नेपाली टोलीले मेरिलिबोन क्रिकेट क्लब एमसीसीलाई ५ विकेटले हराउदै कार्यकालको सुखद सुरुवात गरेको हो । एमसीसीले दिएको २ सय २ रनको चुनौती नेपालले ३८ औ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
नेपालको जितमा बिनोद भण्डारीले सर्बाधिक अबिजित ५२ र पवन सर्राफले नटआउट ३३ रनको योगदान दिए । शरद भेषावकरले २४, आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले समान २३ र कप्तान ज्ञानेन्द्र मल्लले १० रन जोडे ।
यसअघि किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एमसीसी ४० ओभरमा २ सय १ रनमा समेटिएको थियो । उसका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक प्रहार गरे । रोड्सले ५४ र गोलम्यानले ५२ रन बनाए । उत्कृष्ट सुरुवात गरेपनि मध्यक्रमका ब्याट्सम्यानले ठुलो ईनिङस खेल्न नसक्दा एमसीसी सामान्य योगफलमा समेटिएको हो । विल भानडरसपारले ३६ र एलेक्स थप्सनले १६ रन बनाए ।
नेपालका ललित नारायण राजवंशी र पवन सरार्फले समान ४ विकेट लिए । अभिनास बोहोरा र करण केसीको नाममा समान १ विकेट रह्यो । एमसीसीको टोलीले भोली नेपाली टोलीसंग टी–२० क्रिकेट खेल्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?