Logo

कतारले अन्तिम ५ रन जोड्न ९ विकेट खर्चदा……..

ई-खेलकुद २०७९ जेठ २० , शुक्रबार ०२:०६ मा प्रकाशित

काठमाडौं । पहिलो पटक हुन लागेको १९ बर्ष मुनीको महिला टी–२० विश्वकपको एसीयाली छनोट मलेसीयामा आज सुरु भएको छ । नेपालसहित ६ राष्ट्र सहभागी प्रतियोगीताको पहिलो दिन सबै टोली मैदान उत्रिएका थिए । पहिलो दिन प्रतियोगिताको दाबेदार मानिएका नेपाल, थाईल्याण्ड र युएईले जित निकाल्दा आयोजक मलेसीयासहित भुटान र कतार पराजित भए । प्रतियोगितामा सुखद सुरुवात गर्ने क्रममा नेपालले कतारलाई ७९ रनको फराकिलो अन्तरले हरायो ।
मलेसियाको यूकेएम ओभलमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ३ विकेट गुमाएर १ सय १७ रनको मध्यम योगफल तयार पारेको थियो । आश्मा पुलामी मगरले अविजित रहदै ३२ रन बनाएको नेपालको ईनिङसमा सृष्टि जैशीले नटआउट २३ रन बनाईन् । सानु राजवंशी २१ र अन्जली विश्वकर्मा ११ रन जोडे । कतारकी साची ढड्वाल र अलिना खानले नेपालको एक एक विकेट लिए ।
१ सय १८ रनको लक्ष्यका साथ मैदान उत्रिएको कतारी टोलीले संयमित सुरुवात गरेको थियो । ९ ओभरमा टोलीको स्कोर ३३ रन हुँदा पहिलो विकेट गुमाएको कतार त्यसपछि भने नाटकिय रुपमा पतन भएको थियो । स्नेहा महराले नेपाललाई पहिलो सफलता दिलाएकी थिएन् । ११ औं ओभरमा टोलीको स्कोर ३६ रन हुँदा दोस्रो विकेट गुमाएको कतार त्यसपछि निक्कै निरिह बन्यो । महराले नै श्रुतिबेन रानालाई एलबिडब्यु आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाईन् । नेपाली बलर त्यत्तिमै रोकिएनन । ३६ रनकै स्कोरमा रोक्दे नेपालले थप २ विकेट लिएपछि कतारी ईनिङस धर्मराएको थियो । ११ दशमलव १ र ११ दशलवव ३ ओभरमा सृष्टिले २ विकेट चटकाईन् । ११ दशमलव ४ ओभरमा १ रन दिएकी सृष्टिले त्यसपछिको बलमा अर्को विकेट हात पारिन् । १२ औ. ओभरमा मात्र कतारको ३ विकेट गएको थियो । १३ दशमलव ३ ओभरमा स्कोरबोर्डमा ३८ रन जाँदा कतारको छैटौ विकेट पतन भयो । त्यसपछिको २ दशमलव १ ओभरमा कतारले कुनै रन जोड्न नसकि सबै विकेट खेर फालेको थियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन रानाले समान १४ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । कतारका ६ ब्याटर खाता खोल्न नसकि पभेलियन फर्किएका थिए । कतारलाई सस्तैमा समेट्न सृष्टि जैशीले ३ विकेट लिईन । अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराको नाममा समान २ विकेट रह्यो । नेपालले दोस्रो खेलमा युएईविरुद्ध भोलि खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?