Logo

ओसाका अष्ट्रेलियन ओपनको सेमिफाईनलमा

ई-खेलकुद २०७७ फागुन ४ , मंगलबार १०:०२ मा प्रकाशित

एजेन्सी । शीर्ष बरियताकी जापानी नाओमी ओसाका अष्ट्रेलियन ओपन टेनिसको सेमिफाईनलमा प्रबेश गरेकी छिन् । आज बिहान भएको क्वार्टरफाईनल खेलमा ताईवानकी से सुवेलाई सोझो सेटले हराउदै ओसाकाले अन्तिम चारको यात्रा तय गरेकी हुन् । नाओमीले सुवेलाई ६–२, ६–२ को सेटले सहजै पराजित गरिन् । क्वार्टरफाईनल खेलमा आजै अमेरिकी सेरेना विलियम्स र रोमानियाकी सिमोना हालेप प्रतिस्पर्धा गर्नेछिन् ।
पुरुष एकलतर्फको क्वार्टरफाईनलमा सर्बियन नोभाक जोकोभिच र जर्मन अलेक्जेण्डर भेरभेव तथा बुल्गेरियन ग्रीगोर दिमित्रोभ र रसीयन एस्लान कारात्सेभ प्रतिस्पर्धा गर्नेछन् ।
अन्तिम १६ को प्रतिस्पर्धामा जित निकाल्दै दोस्रो वरियताका स्पेनी राफायल नाडाल र चौथो वरियताका रसियन डानिल मेदभेदेवले क्वार्टरफाईनलमा स्थान बनाएका थिए ।
महिला एकलतर्फको खेलमा जित निकाल्दै बेलायतकी एस्लेघ बार्टि, चेक रिपब्लिकन कारोलिना मुचोभा र अमेरिकी जेनिफर ब्रार्डी क्वार्टरफाईनल प्रबेश गरेका छन् । युक्रेनी एलिना भित्तोलिना भने प्रिक्वार्टरफाईनल चरणबाटै बाहिरिएकी छिन् । उनी अमेरिकी जेसीका पिगुलासंग २–१ को सेटले स्तब्ध भईन् ।

अष्ट्रेलियन ओपन नाओमी ओसाका

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?