Logo

ओलम्पिक नखेलेका कारण पारसले राष्ट्रिय झण्डा बोक्न पाएनन, कमलले मार्च पासमा झण्डा बोक्ने

ई-खेलकुद २०७६ मंसीर १४ , शनिबार ०६:११ मा प्रकाशित

काठमाण्डौ । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनको मार्चपासमा ओलम्पियन कमल बहादुर अधिकारीले राष्ट्रिय झण्डा बोक्ने भएका छन् । नेपाल ओलम्पिक कमिटिले राखेपले सिफारिस गरिएको पुर्व कप्तान पारस खड्काको नामलाई थाती राख्दै अधिकारीलाई झण्डा बोक्ने जिम्मेबारी दिएको हो । अन्तराष्ट्रिय अनुभव, पदक र ओलम्पिकमा सहभागिता जनाईसका मध्ये सिनियर खेलाडीलाई झण्डा बोक्ने जिम्मेबारी दिने प्रचलनका आधारमा अधिकारीको नाम छनोट गरिएको हो ।
पुर्व कप्तान पारसले नेपाली क्रिकेटलाई ऐतिहासिक सफलता दिलाए पनि ओलम्पिकमा सहभागी नभएका कारण विकल्पमा कमलको नाम सिफारिस गरिएको हो । अधिकारीले सागमा नेपाललाई स्वर्ण पदक पनि दिलाएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?