Logo

ओलम्पिक टोलीको बिदाई

ई-खेलकुद २०७८ साउन ४ , सोमबार ०८:०७ मा प्रकाशित

काठमाण्डौ । नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा ओलम्पिक जाने टोलीलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका कार्यवहाक सदस्य सचिव यकेन्द्र कुँवरले टोलीलाई बिदाई गरेका हुन् ।
त्रिभुवन विमानस्थलमा कार्यवहाक सदस्य सचिव कुँवरले श्रेष्ठलाई शुभकामना सहित बिदाई गरे । टोलीमा श्रेष्ठ सहित एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यैपाने, राखेप बोर्ड सदस्यहरु सम्पन्न श्रेष्ठ, सुभाष श्रेष्ठ छन् । ‘कोभिड महामारीका बीच नेपाली टिम जापान जादैछ ।
बिदाई कार्यक्रममा राखेपका बोर्ड सदस्य गोबिन्द भट्टराई, रेनुका नगरकोटी, आर्चरी संघका अध्यक्ष महासचिव रमेश प्रसाद सिवाकोटी उपस्थित थिए । जुलाई २४ मा एनओसी उप–महासचिव पिताम्बर तिम्सिना नेतृत्वको टिम जापान उड्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?