Logo

ओलम्पिक कमिटिको निर्वाचन शनिवार हुने

ई-खेलकुद २०७६ भदौ २५ , बुधबार ०८:०९ मा प्रकाशित

काठमाण्डौ । सर्बोच्चमा दर्ता भएको रिट खारेज भएपछि नेपाल ओलम्पिक कमिटि एनओसीमा निर्वाचनको मिति तय भएको छ । सर्बोच्चले मार्गप्रशस्त गरेसंगै निर्वाचन समितीले आगामी २८ गते शनिवार निर्वाचन गर्ने जनाएको हो । ओलम्पिक कमिटिले निर्वाचनको तयारी थाल्न निर्देशन दिएलगत्तै समितीले शनिवार निर्वाचन गर्ने गरी मिति सार्बजनिक गरेको हो ।
अवैधानिक कमिटिले निर्वाचन गर्न लागेको भन्दै सर्वोच्च अदालतमा मुद्वा दायर भएपछि भदौ २० गतेको निर्वाचन अन्यौलमा परेको थियो । रिटमाथि सुनुवाई गर्दै न्यायाधिश टंबहादुर मोक्तानको एकल ईजलासले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै रिट निवेदन खारेज गरेपछि निर्वाचनको बाटो खुल्ला भएको हो ।
ओलम्पिक कमिटिको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ मैदानमा छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?