Logo

ओलम्पिकमा सहभागि हुन एलेक्स शाह आज टोकियो जाँदै

ई-खेलकुद २०७८ असार २१ , सोमबार ०८:०७ मा प्रकाशित

काठमाण्डौ । टोकियो ओलम्पिकमा सहभागि हुन पौडीका एलेक्स शाह आज जापान जाँदैछन् । जुलाई २३ बाट सुरु हुने ओलम्पिकका लागि यसबर्ष जापान जाने उनी पहिलो नेपाली खेलाडी हुन् । उनीसंगै प्रशिक्षक शंकर कार्की पनि जापान प्रस्थान गर्ने नेपाल ओलम्पिक कमिटिले जनाएको छ ।
कमिटिका अनुसार पौडीकै गौरिका सिंह भने बेलायतबाटै जापान आउनेछिन । टोकियो ओलम्पिकमा पौडीबाट एलेक्स र गौरिकाले नेपालको प्रतिनिधित्व गर्ने छन् ।
जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा विशेष तयारी गर्ने छन् । ओलम्पिक कमिटिले यस अघि नै टोकुशिमा प्रान्तसँग सम्झौता गरिसकेको छ । नेपाली पौडी टोली जुलाई २० मा ओलम्पिक भिलेजमा सम्मलित हुने छन् । टोकियो ओलम्पिकमा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले पनि नेपालको प्रतिनिधित्व गर्ने छन् । टोकियो ओलम्पिक अगस्ट ८ सम्म हुनेछ ।

 


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?