Logo

ओमान र आयरल्याण्ड ग्लोबल छनोटमा नेपालका बलिया प्रतिद्धन्दी

ई-खेलकुद २०७८ पुस २२ , बिहीबार ०५:०१ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली यतिबेला अर्को इतिहास निर्माण गर्ने चरणमा रहेको छ । बंगलादेशमा सन् २०१४ मा भएको टी–२० विश्वकप क्रिकेट खेलेको नेपाली टोली ८ बर्षपछि अर्को ऐतिहासिक क्षणमा पुगेको हो । अष्ट्रेलियामा यसै बर्ष हुने टी–२० विश्वकपको मुख्य ढोकाको रुपमा रहेको ग्लोबल छनोटमा सहभागी ८ टोलीमध्ये शीर्ष दुईमा पुग्न सके नेपाल दोस्रो पटक विश्वकपमा पुग्नेछ । वरीयतामा शीर्ष स्थानमा रहँदै नेपाले ग्लोबल छनोट खेल्न लागेको हो । समूह ए अन्तर्गत रहेको नेपालले ओमानमा छनोटचरणको खेल खेल्नेछ । यो समूहमा आयोजक ओमान, आयरल्याण्ड, क्यानडा, बहराइन, युएई, जर्मनी, फिलिपिन्स र नेपाल रहेका छन् ।
प्रतियोगीताको खेल तालिका सार्वजनिक नभएपनि प्रतियोगीतामा नेपाललाई सबैभन्दा ठुलो चुनौती ओमान र आयरल्याण्डको रहनेछ । अन्तराष्ट्रिय क्रिकेटमा ठुलो फड्को मारेक यी दुई टोलीलाई हराउन सके नेपालको अष्ट्रेलिया यात्रा सहज बन्नेछ । अन्य टोली नेपालका लागि तुलनात्मक रुपमा सहज प्रतिद्धन्दीका रुपमा रहेका छन् । यद्यपी विश्वकप खेलिसकेको क्यानडा र युएईलाई पनि कमजोर मान्न सकिने अवस्था छैन् । अपरिचित प्रतिद्धन्दी जर्मनी, फिलिपिन्स र बहराइन पनि छनोटचरण पुरा गरेर आएकाले उनीहरुलाई पनि नजरअन्दाज गर्न मिल्दैन् ।
अनुभव र वरीयताका हिसाबले नेपाललाई केही सहजता मिलेपनि पछिल्लो समय खस्कदो लयका कारण ग्लोबल छनोट पार गर्न त्यत्ति सहज भने छैन् । तथापी सातमध्ये ६ खेलमा जित निकाल्न सके नेपालको यात्रा निश्चित हुनेछ । त्यसमा ओमान र आयरल्याण्डमध्ये एकलाई हराउनै पर्ने दबाव नेपालसामु रहेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?