Logo

ओमानसंग बदला लिदै प्रशिक्षक वाटमोरको सुखद बिदाई

ई-खेलकुद २०७८ असोज ३ , आईतबार ०९:०९ मा प्रकाशित

काठमाण्डौ । ओमानसंगको हारको ऋखला अन्त्य गर्दै राष्ट्रिय क्रिकेट टोलीले मुख्य प्रशिक्षक डेभ वाटमोरको बिदाई गरेको छ । ८ महिनाअघि नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका वाटमोरले ओमान र अमेरिकासंगको सिरिज अघि पदबाट राजिनामा दिएका थिए ।
ओमानसंग लगातार तीन खेलमा पराजित भएको नेपालले उसैको मैदानमा ७ विकेटको शानदार जित निकालेको हो । योसंगै मुख्य प्रशिक्षक वाटमोरको नेपाल यात्रा सम्झनलायक बनेको छ । वाटमोरको नेतृत्वमा नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र ओमानसंग त्रिकोणात्मक टि–२० सिरिज खेलेको थियो । जसको उपाधि नेपालले जितेको थियो । त्यस्तै ओमानमा पपुवा न्यु गीनी पिएनजीसंग २ खेलको वन डे सिरिज खेलेको थियो । खेल सिरिज पनि नेपालले क्लिनस्वीप गरेको थियो ।
यो जितसंगै नेपाल लिग टुको तालिकामा चौथो स्थानमा उक्लिएको छ । ८ खेलबाट ८ अंक जोडेको नेपालले समान अंक भएको नामिबियालाई नेटरनरेटमा पछि पारेको हो । लिग टुका शीर्ष २ टोलीले वन डे विश्वकपको छनोट खेल्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?