Logo

ओमानलाई हराउँदै नेपाल तालिकाको पाँचौ स्थानमा

ई-खेलकुद २०७९ असार १ , बुधबार ०३:०६ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गतको खेलमा नेपालले ओमानलाई हराएको छ । अमेरिका भ्रमणमा पहिलो जित निकाल्न क्रममा नेपालले ओमानलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्यो । योसँगै सिरिजको पहिलो खेलमा ओमानसँग भोगेको हारको पनि नेपालले बदला लिएको छ । जितका लागि ओमानले दिएको १ सय ६४ रनको लक्ष्य नेपालले ३३ ओभर १ बलमा ३ विकेटको क्षतीमा पुरा गर्यो । नेपालको जितमा आसिफ शेखले सर्बाधिक ६२ र कुशल भुर्तेलले ५६ रनको योगदान गरे । यी दुबैले पहिलो विकेटका रुपमा १ सय १४ रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याएका थिए । देव खनालले १० रन बनाए । रोहितकुमार पौडेल २६ र दिपेन्द्रसिंह ऐरी ६ रनमा अबिजित रहे । ओमानका फायज बटले २ तथा खाबर अलीले नेपालको १ विकेट लिए ।
यसअघि अमेरिकाको टेक्ससस्थित मौसा क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको ओमान ४६ ओभर ५ बलमा १ सय ६३ रनमा समेटिएको थियो । नेपाली बलर चम्किएपछि ओमान सामान्य स्कोरमा समेटिएको हो । कप्तान जेस्हान मक्सुदले सर्बाधिक ५२ रन बनाएको ओमानको ईनिङसमा सन्दिप गौडले ४७ रन बनाए । जातिन्दर सिंहले २३, फायज बटले १३ र नासिम खुसीले १० रन जोडे । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका करण केसीले ५ तथा सन्दिप लामिछानेले ३ विकेट लिए । सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीको नाममा समान १ विकेट रह्यो । यो जितसँगै नेपाल तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । १५ खेलबाट १५ अंक जोडेको नेपालले एक खेल कम खेलेको नामिबियालाई १ अंकले पछि पारेको हो । ओमानले भने हारबाट लिग टुको अन्त्य गरेको छ । शीर्ष स्थानमा रहेको ओमानको ३६ खेलबाट ४४ अंक छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?