Logo

ओमानमा हुने त्रिकोणात्मक सिरिज स्थगीत

ई-खेलकुद २०७७ माघ ३० , शुक्रबार १२:०२ मा प्रकाशित

काठमाण्डौ । विश्व क्रिकेट लिग  टु अन्तर्गत ओमानमा हुने भनिएको त्रिकोणात्मक सिरिज स्थगीत भएको छ । नेपाल ओमान र अमेरिकाबिच अप्रिलमा हुने सिरिज, लामो क्वारेन्टिन प्राबधान र बिभिन्न मुलुकले जारी गरेको यात्रा प्रतिबन्धका कारण स्थगीत गरिएको हो । सिरिजका लागि नेपालले राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गरिसकेको थियो ।
त्यस्तै अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले अप्रिलमा हुने पपुवा न्यु गीनी, ओमान र स्कटल्याण्ड तथा मे मा हुने पपुवा न्युगीनी, अमेरिका र नामिबियाबिचको सिरिज पनि स्थगीत गरेको छ । सबै सिरिजको नयाँ मिती पछि तय गरिने आईसीसीले जनाएको छ ।

ओमान लिग टु

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?