
काठमाण्डौ । ओमानले आयोजना गरेको ५ राष्ट्र सहभागी टि–२० सिरिजका लागि नेपाली टोलीले आज मैदानमै तयारी अभ्यास गर्दैछ । खेल हुने एमिरात क्रिकेट मैदानमा अन्य टोलीसंगै नेपालले पनि तयारी सुरु गर्न लागेको हो । भोलीबाट सुरु हुने प्रतियोगिता खेल्न नेपाली टोली हिजो मस्कट पुगेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा भोली हङकङ र ओमान भिड्ने छन् । भोली नै आयरल्याण्ड र नेदरल्याण्ड्सबिच पनि प्रतिस्पर्धा हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा आईतबार हङकङसंग खेल्दै सिरिजको सुरुवात गर्नेछ ।
जिम्बावे र सिंगापुरसंगको त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली ओमान पुगेको हो । सो सिरिजमा नेपाल दोस्रो भएको थियो ।
