Logo

ओमानमा जारी सिरिजको आफ्नो दोस्रो खेलमा नेपाल नेदरल्याण्डसंग भिड्दै

ई-खेलकुद २०७६ असोज २० , सोमबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । ओमानमा जारी ५ राष्ट्र सहभागी टि–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्सको सामना गर्दैछ । ओमानको एमिरातमा नेपाली समयानुसार बिहान सवा ११ बजे प्रतिस्पर्धा सुरु हुनेछ ।

पहिलो खेलमा हिजो हड़कड़लाई चार विकेटले हराएको नेपाल दोस्रो खेलमा पनि सोहि लय कायम राख्ने योजनामा छ ।
पछिल्ला ५ भेटमा १ मात्र जित निकालेको नेपाल, डच टोलीबिरुद्ध प्रर्दशन सुधार गर्दै आफु अनुकुलको नतिजा निकाल्ने योजनामा छ । नेपाललाई ३ खेलमा हराईसकेको नेदरल्याण्ड्स सोहि लयलाई निरन्तरता दिने प्रयासमा हुनेछ । पछिल्लो पटक लण्डनको मेरिलिबोन क्रिकेट क्लबले आयोजना गरेको टि–२० सिरिजमा बर्षाका कारण नेपाल र नेदरल्याण्ड्सबिचको खेल रद्द भएको थियो ।
आजै हङकङ र आयरल्याण्डपनि आमने सामने हुदैछन् । सोहि मैदानमा यी २ राष्ट्रबिचको खेल नेपाली समयानुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?