Logo

ओमानमा जारी टि–२० सिरिजको पहिलो खेलमा नेपालले आज हङकङसंग खेल्दै

ई-खेलकुद २०७६ असोज १९ , आईतबार ०६:१० मा प्रकाशित

काठमाण्डौ । ओमानमा जारी टि–२० क्रिकेट सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज हङकङसंग प्रतिस्पर्धा गर्दैछ । ५ राष्ट्र सहभागी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले चिरप्रतिद्धन्दी हङकङसंग खेल्न लागेको हो । हङकङको भने यो दोस्रो खेल हो । ओमानको एमिरातस्थित क्रिकेट मैदानमा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे खेल सुरु हुनेछ ।
नेपाल पहिलो खेलबाटै प्रतियोगितामा आफ्नो प्रभाव देखाउन चाहान्छ । सिरिजमा सबैभन्दा माथिल्लो बरियतामा रहेको नेपाल परिचित प्रतिद्धन्दीबिरुद्ध सहज जितको अपेक्षामा रहेको छ । सिंगापुरले आयोजना गरेको जिम्बावेसमेत सहभागी टी–२० सिरिज खेलेर नेपाली टोली ओमान पुगेको हो ।
सोहि मैदानमा बिहान सवा ११ बजे ओमानले आयरल्याण्डको सामना गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?