Logo

ए डिभिजन लिग ४ दिन पर सर्यो

ई-खेलकुद २०७८ कात्तिक २५ , बिहीबार ०४:११ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल ४ दिन पर सरेको छ । अखिल नेपाल फुटबल संघ एन्फाले तयारी पुरा नभएको भन्दै कात्तिक २९ गतेबाट गर्ने तय गरेको लिग मंसिर ३ गतेका लागि सारेको हो ।

यो सिजनका लिगका खेलहरु सातामा तीन दिन मात्र हुने एन्फाले जनाएको छ । सोहि अनुसार खेला तालिकापनि संसोधन हुनेछ । लिगका खेलहरु अब शुक्रबार, शनिबार र आईतबार मात्र खेलिने एन्फाले जनाएको छ । ‘

लिग खल्ने टोलीसँगको छलफलपछि एन्फाले यस्तो निर्णय लिएको हो । लिगको उद्घाटन खेलमा सातदोबाटो युथ र फ्रेन्ड्स भिड्ने छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?