Logo

ए डिभिजन लिग : सातदोबाटोले मनाङलाई हरायो

ई-खेलकुद २०७८ पुस ३० , शुक्रबार ०७:०१ मा प्रकाशित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उपाधि होडमा रहेको मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ । आज भएको खेलमा मनाङ नबप्रबेशी सातदोबाटो युथ क्लबसंग २–१ गोल अन्तरले पराजित भएको हो । यो हारसँगै मनाङको उपाधि यात्रा कठिन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जिताउन मार्टिन एडिल्फे सिलो नाङ्गा र अजयी मार्टिन्सले गोल गरे । मनाङका आफिज ओलावाले एक गोल फर्काए ।
खेलको ११ औं मिनेटमा मार्टिनले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए । ३८ औं मिनेटमा अजयी मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई पहिलो हाफमै २–० को अवस्थामा पुयाृएका थिए । खेलको ५७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २–१ को स्थितिमा ल्याएका थिए । त्यसपछि दुबै टोलीले थप गोल गर्न नसक्दा सोही नतिजा निर्णायक बन्यो । खेलमा बल पोजिशनमा पकड बनाएपनि मनाङका प्रयास असफल बनेका थिए ।
सातदोबाटोले कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङलाई पहिलो भेटमै स्तब्ध पारेको हो । यो जितसँगै सातदोबाटोले ९ खेलमा १२ अंक जोडेको छ । सातदोबाटो लिगको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट १९ अंक जोडेको मनाङ दोस्रो स्थानमा यथावत छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?